नयाँ वर्षको अवसरमा धनगढीमा ‘न्यू इएर इभ २०८०’ आयोजना हुँदै

धनगढी । धनगढीमा ‘न्यू इयर इभ २०८०’ आयोजना हुने भएको छ । सौराइ स्क्वायर र रक स्टारको आयोजनामा चैत ३० गते उक्त इभ आयोजना हुने भएको हो । नयाँ वर्षलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त इभमा गायक टंक तिमिल्सिना र डिजेमा नेहा रहेको आयोजकले जनाएको छ ।

उक्त इभमा कोपिला सिंह, रमेश बिजुली बिसि, मनिषा सिंह, सदिच्छा चौधरी, प्रियंका कुवँर र सरु सानी लगायतका गायक तथा मोडेल रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार उक्त कार्यक्रम धनगढी ४ चटकपुरमा रहेको सौराई स्क्वायरमा साँझ ६ बजेबाट राती १२ बजेसम्म सञ्चालन हुनेछ ।

Dengue

नयाँ वर्षसँगै सुदूरपश्चिममा मनाईने ‘विषु’ पर्वको अवसरमा कार्यक्रमको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

त्यस्तै, उक्त कार्यक्रमको प्रायोजकमा नेपाल आइस, सेतो बाघ भोड्का, द हिमालयन रिजर्भ, क्यानभास, म्याक्स टाइगर, अनुपमा बेकरी, लीप, रियल फ्रुट, नयाँ सन्देश, वल्ड लिंक, डीजे म्याक्स, कल ट्वान्टी फोर न्यूज, डीजे सुरज र ओम सुरेन्द्र किराना रहेका छन् । कार्यक्रममा खानाको व्यवस्थासँगै प्रतिव्यक्ति एक हजार रुपैयाँ टिकट रहेको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार