पुष्पराज कुँवरलाई ५ प्रश्न, सुदूरको व्यवसायिक समृद्धिका लागि कस्ता छन् योजना ? (अन्तर्वार्ता)

भक्तराज जोशी

कैलाली । मंगलबारदेखि उद्योग वाणिज्य महासंघको ५७औँ साधारण सभा सुरु भएको छ । सभाले महासंघको नयाँ नेतृत्व चयन गर्नेछ । मंगलबारदेखि सुरु भएको साधारण सभाले वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई विधानअनुसार स्वतः अध्यक्षमा चयन गर्नेछ ।

त्यस्तै, महासंघको नयाँ वरिष्ठ उपाध्यक्ष लगायतका पदका लागि भने २९ गते (बुधबार) हुनेछ । महासंघको वरिष्ठ उपाध्यक्षका लागि रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षसँगै सभाले महासंघको ६४ सदस्यीय कार्यसमिति चयन गर्नेछ ।

Dengue

यसैबीच सुदूरपश्चिमको नेतृत्व गर्दै कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले पनि महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । यसैबीच हामीले कुँवरसँग उम्मेदवारी दिनुको उद्धेश्य ? र सुदूरको व्यवसायिक समृद्धिका लागि उनले उठाएका एजेण्डाका बारेमा संक्षिप्त कुराकानी गरेका छौँ । यस्तो छ उनीसँग गरिएको कुराकानीः

निर्वाचनको तयारी कस्तो छ ?
साधारण सभाको उद्घाटन भएको छ । २९ गते निर्वाचन हुन्छ । उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा तीनवटा टिम बनेको छ । रामचन्द्र संघाई, अन्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठले उम्मेदवारी दिनुभएको छ । योसँगै सम्पूर्ण जिल्ला नगरका साथीहरुले खुल्लातर्फ उम्मेदवारी दिनुभएको छ, मैले पनि सोही अन्तर्गत उम्मेदवारी दिएको हूँ ।

तपाई त केन्द्रीय सदस्यको उम्मेदवार पनि हो, माहोल कस्तो छ ?
माहोल एकदमै राम्रो छ । सबैजना मेरो उम्मेदवारीप्रति सकारात्मक नै हुनुहुन्छ । जिल्ला नगरका सबै साथीहरुसँग प्रत्यक्ष रुपमा पनि भेट गरेको छु, सबैतिरबाट सकारात्मक सुझाव आएको छ । मेरो एउटै मात्र उद्धेश्य र लक्ष भनेको घरेलु, मझौला तथा ठूला उद्योगी व्यवसायीहरुको हकहितका काम गर्नु हो, त्यसैले पनि अहिलेसम्मका लागि म प्रतिको माहोल एकदमै राम्रो छ ।

सुदूरको प्रतिनिधित्व गर्दैगर्दा सुदूरको समृद्धिका लागि तपाईको योजना के छन् ?
यसमा मेरो स्पष्ट मत छ । सम्भावना प्रसस्त भए पनि सुदूरपश्चिममा देशका अन्य प्रदेशको जस्तो ठूला उद्योग कलकारखाना छैनन् । व्यवासयीहरुको छाता संगठन उद्योग वाणिज्य महासंघमा सुदूरको प्रतिनिधित्व गर्दैगर्दा मेरो उद्धेश्य वा एजेण्डा भनेको सुदूरपश्चिममा लगानी गर्ने वातावरण सृजना गर्ने नै हो । सँगै पछिल्लो समय उद्योगी व्यवसायीले भोग्नुपरेका समस्या समाधान गर्न पहल गर्नेदेखि आवश्यक सहकार्य गर्ने नै मेरो अहिलेको मुख्य एजेण्डा हो ।

अहिले अर्थतन्त्र संकटमा छ, व्यापारीहरु पलायन हुने अवस्थामा पुगे, यी समस्या समाधान गर्न के पहल गर्नुहुन्छ ?
अहिले सबै व्यवसायीहरुको समस्या एउटै हो । बैैंकको चर्को ब्याजदर र राष्ट्र बैंकको अव्यहारिक नीति, त्यसकारणले यो पछिल्लो समय उद्योग व्यवसायमा देखिएको समस्या समाधान गर्नका लागि स्थानीय स्तरदेखि केन्द्रीय स्तरसम्म समन्वय गर्ने र साना तथा मझौला व्यवसायीको आवाज सम्बन्धित निकायसम्म पुर्याउनुका साथै व्यवसाय सहज गर्नेतर्फ नै अग्रसर हुने पहिलो प्राथामिकताको विषय हो । योसँगै औद्योगिक क्षेत्र घोषणा गर्ने, निर्यातलाई प्रोत्साहन गर्ने गरी नीति ल्याउनेदेखि भन्सार नीति र आगामी बजेटमा व्यवसायीका समस्या सम्बोधन गर्नेगरी पहल गर्नेतर्फ अग्रसर हुन्छौँ ।

ब्याजदरको घटाउने तपाईहरुको आन्दोलन सकिएको हो ?
आन्दोलन सकिएको होइन । महासंघको आसन्न निर्वाचनका कारणले गतिविधि केही कम मात्रै भएको हो । निर्वाचनपछि नयाँ कार्यसमिति आएसँगै फेरी हामी फरक ढंगबाट हिजो व्यवसायीले उठाएका माग सम्बोधन गराउनेतर्फ अग्रसर हुन्छौँ । माग सम्बोधन भयो भने ठिकै छ, भएन भने हामी अझ फरक ढंगबाट प्रस्तुत हुनेछौँ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार