आमा र शिशुको मृत्युपछि मालाखेती अस्पतालमा तनाव

कैलाली । कैलालीको सुत्केरी महिला र नवजात शिशुको मृत्यु भएपछि मालाखेती अस्पताल तनावग्रस्त बनेको छ । सुत्केरी व्यथा लागेपछि अस्पताल पुगेकी गोदावरी नगरपालिका २ की २८ वर्षीया लक्ष्मी भट्टराई र नवजात शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल परिसरमा आन्दोलन गरेका छन् ।

अस्पतालको लापरवाहीका कारण आमा र शिशुको मृत्यु भएको भन्दै मृतकका आफन्तले प्रदर्शन गरेका हुन् । प्रदर्शनसँगै आन्दोलित बनेका मृतकका आफन्त र स्थानीयले महेन्द्र राजमार्गसमेत अवरुद्ध गरेका थिए । सडक अवरुद्ध गर्दै उनीहरुले घटनामा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई कार्वाहीको माग समेत गरेका छन् ।

Dengue

मृतकको आफन्तका अनुसार मृतक महिलाको ६ वर्षीय बालकको लालनपालन गर्ने जिम्मा पनि अस्पतालले नै लिनुपर्ने माग गरिएको छ । स्थानीयको चर्को माग दबाबपछि मालाखेती अस्पतालका मेसु अन्वेश कोइराला र स्टाफ नर्स यशोदा ढकाललाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा लगिएको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार