खैरो हिरोइन सहित कैलालीमा दुई जना पक्राउ

कैलालीः कैलालीमा खैरो हिरोइन सहित दुई जना पक्राउ परेका छन्।

शुक्रबार लागु औषध जिल्लाको बर्दगोरीया गाउँपालिका –४ मुडाका १८ वर्षका आनन्द ठकुरीको पछाडि मोटरसाइकलमा सवार २३ वर्षका दिपेन्द्र बोहराको साथबाट १८ ग्राम लागु औषध (खैरो हेरोईन) जस्तो देखिने धुलो पदार्थ फेला पारी दुबै जनालाई पक्राउ गरिएको हो। ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल बि.ओ.पी.पगियापासारबाट खटिएको संयुक्त प्रहरी गस्ती टोलीले उनीहरलाई भजनी नगरपालिका –५ कौवाखेडाबाट पक्राउ गरेको हो।

Dengue

मोटरसाइकल सहित दुबै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय भजनीमा राखि थप अनुसन्धान भइरहेको प्रहरी कार्यलयले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार