धनगढीः शुक्रबार सुदूरपश्चिममा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा ६ सय ८३ जनामा एन्टिजेन विधिबाट गरिएको परिक्षणमा १९ जनामा कोरोना पोजेटिभ देखिएको छ भने, ६ सय ६४ जनामा नेगेटिभ देखिएको छ।
स्वास्थ्य निर्देशनालय दिपायलले संक्रमित मध्ये १८ जना कैलालीका र एक जना कञ्चनपुरका रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्