टीकापुरमा शनिबारदेखि ‘साहित्य महोत्सव’ सुरु हुँदै

कैलाली । टीकापुर साहित्य समाजको आयोजनामा कैलालीमा पहिलो पटक शनिबारदेखि ‘टीकापुर साहित्य महोत्सव’ हुँदैछ । टीकापुरस्थित सिद्धार्थ होटलमा तीन दिनसम्म चल्ने महोत्सवमा कला, साहित्य, शिक्षा, विकास, समाज, राजनीतिलगायत २० सत्रमा छलफल हुनेछ ।

Dengue

महोत्सवको उद्घाटन सत्रमा लेखक तथा विश्लेषक डा। सिके लालको ‘सामाजिक सद्भाव’ विषयमा प्रस्तुती रहने टीकापुर साहित्य समाजका अध्यक्ष महेशविक्रम शाहले जानकारी दिएका छन् । शाहका अनुसार अब अरेक वर्ष टीकापुर साहित्य महोत्सवको आयोजना हुनेछ भने महोत्सवमा देशभरका चर्चित साहित्यकार, लेखक, पत्रकारलगायत सहभागी हुनेछन् ।

महोत्सवको उद्घाटन सत्रमा तीन विधामा पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ । एक लाख रुपैयाँ राशिको ‘खड्ग स्मृति राष्ट्रिय गौरव पुरस्कार, २०७८’ थोमस वर्गिज र मेरी वर्गिजलाई प्रदान गरिनेछ । उक्त पुरस्कार टीकापुर योजनाबद्ध सहरका परिकल्पनाकार पूर्व मन्त्री स्व। खड्गबहादुर सिंहको सम्झानामा स्थापना गरिएको हो । वर्गिज दम्पतीले टीकापुरमा आवासीय विद्यालय ९हाल वीरेन्द्र विद्या मन्दिर मावि० स्थापना गरी यहाँको शैक्षिक क्षेत्रमा योगदान पुर्याएका थिए ।

यस्त, ५० हजार रुपैयाँ राशिको ‘टीकापुर साहित्य समाज प्रतिभा पुरस्कार’ गायिका अनु चौधरीलाई प्रदान गरिने छ । सुदूरपश्चिमका प्रतिभालाई प्रदान गरिने यो पुरस्कार नेपाली, खस र थारु भाषामा गीत गाएर भाषा र कलाको उन्नयन तथा प्रवद्र्धन गरेकाले चौधरीलाई प्रदान गर्न लागिएको हो । यस्तै, रु २५ हजार राशिको ‘टीकापुर साहित्य समाज जेहेन्दार विद्यार्थी पुरस्कार’ टीकापुर उच्च माविबाट उत्कृष्ट नतिजा ल्याउनुभएका गणेश बाबा बोर्डिङ स्कुलका छात्र प्रवेश रावललाई दिइने भएको छ ।

कार्यक्रम बिहान १० बजेदेखि साँझ ५ बजेसम्म चल्नेछ । कार्यक्रममा चिसापानीदेखि टीकापुर उद्यानसम्म कर्णाली नदीमा ¥याफ्टिङको व्यवस्थासमेत गरिएको आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार