भारत हल्लाउने अमृतपाल सिंह किन परे ‘मोस्ट वान्टेड’सूचीमा?

कैलाली । ३० वर्षका अमृतपाल सिंह ‘वारिस पञ्जाब दे’ नामक संगठनका प्रमुख हुन् । उनले पृथकतावादी अभियान चर्काउन खोजेको भन्दै पञ्जाब प्रशासनले उनलाई मोस्ट वान्टेड सूचीमा राखेको छ । पञ्जाबको एक प्रहरी चौकीमा हमला गरेको आरोपमा उनका समर्थक र कार्यकर्ताहरु पक्राउ परिरहेका छन् ।
संगठनसँग जोडिएका सिखहरुलाई बदनियतपूर्ण तरिकाले हिरासतमा लिएको भन्दै गत महिना सिंहले विरोध प्रदर्शन चर्काएका थिए । आफ्ना संगठनका सदस्यहरुको रिहाइको माग गर्दै प्रहरी चौकी अगाडि गरिएको प्रदर्शनले हिंसात्मक रुप लिएको थियो । त्यसमा जोडिएको भन्दै पञ्जाब प्रशासनले उनका समर्थकहरुलाई पक्राउ गरिरहेको छ ।
पञ्जाब प्रशासनले अमृतपाल सिंहमाथि प्रहरी अधिकारीविरुद्ध हमला, सरकारी अधिकारीलाई काममा अवरोध पुर्याएको, हत्या प्रयास र सामाजिक द्वेष फैलाएको अभियोग लगाएको छ ।
भारतीय अनलाइन समाचार पोर्टल स्क्रोल डट इनका अनुसार अमृतपाल एक वर्षअघिसम्म पञ्जाबमा चिनिएका व्यक्ति थिएनन् । सन् २०२० मा मोदी सरकारले कृषि सम्बन्धी तीन कानून ल्याएपछि त्यसविरुद्ध भएको किसान आन्दलोलनका क्रममा अभियन्ता सन्दिप सिंहलाई सहयोग गर्दै सामाजिक सञ्जालमा भिडियोहरु पोष्ट गरेपछि अमृतपालको पक्षमा समर्थन बढ्न थालेको थियो ।
सन् २०२२ को मार्चमा एक्कासी ‘वारिस पञ्जाब दे’ संगठनको प्रमुख चुनिएको खबर आएपछि उनी थप चर्चाको केन्द्रमा आएका थिए । पहिले संगठनको नेतृत्व गरिरहेका सन्दीपको कार दुर्घटनामा निधन भएप्छि अमृतपाल संगठन प्रमुख बनेका थिए ।
‘राज्यको संस्कृति, भाषा र जीवनशैलीमाथि भइरहेको हमलामाथि विरोध गर्नलाई यो दबाब समूह हो’, उनले भनेका थिए, ‘हिन्दु, मुस्लिम, सिख वा क्रिस्चियन यो सबैका लागि हो, पञ्जाबको अधिकारका लागि हो ।’
अमृतपाल सिंह संगठन प्रमुख घोषणा हुनुअघि दूबईमा थिए । उनी त्यहाँ परिवारले झण्डै एक दशकदेखि चलाइरहेको यातायात व्यवसाय गरिरहेका थिए । संगठन प्रमुख घोषणा भएपछि उनी पञ्जाब फर्किएका थिए । संगठन प्रमुख चुनिएपछि उनले एक युट्युब च्यानललाई अन्तरर्वार्ता दिँदै भारतमा पञ्जाबमाथि उपनिवेशिक शासन रहेको बताएका थिए ।


भारतीय दूतावास भन्छ– अमृतपाल सिंह नेपालमा लुकेका छन्,

Dengue


। भारतको पञ्जाबमा स्वतन्त्र राज्य खालिस्तानको माग गर्दै आएका सिख अभियन्ता अमृतपाल सिंह नेपालमा लुकेर बसेको भारतीय दूतावासले दाबी गरेको छ । नेपालस्थित भारतीय दूतावासले परराष्ट्र मन्त्रालयमार्फत अध्यागमन विभागलाई पठाएको पत्रमा उनी अहिले नेपालमा लुकिरहेको दाबी गरिएको छ ।
भारतीय राजदूतावास, काठमाडौंले शनिबार लेखेको पत्रमा अमृतपालविरुद्ध भारतमा ‘लुकआउट सर्कुलर’ जारी भएको भन्दै उनी नेपालमार्फत भारतीय वा कुनै मुलुकको नक्कली राहदानी लिएर तेस्रो मुलुक भाग्ने प्रयास गर्न सक्ने भनिएको छ ।

‘दूतावासले पत्र लेख्नुअगावै उनी नेपाल छिरेको हुनसक्ने अनुमानसहित भारतीय सञ्चारमाध्यममा समाचार आएपछि नेपाल प्रहरीको विशेष ब्यूरो र सशस्त्र प्रहरीले बलले चासो देखाएको थियो ।
स्रोतका अनुसार उनी सुरुमा महेन्द्रनगर नाका हुँदै नेपाल प्रवेश गरेको भनिएको थियो । पछि नेपालगञ्ज पुगिसकेको सूचना समेत भारतीय पक्षले चुहाएको थियो । त्यही आधारमा उनी बस्न सक्ने सम्भावित स्थान र धार्मिक क्षेत्रहरुमा एक सुरक्षा निकायको टोलीले छापा हानेको थियो । उनले सेल्टर लिनसक्ने सम्भावित स्थानमा प्रहरीले अझै निगरानी उच्च पारेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार