आन्तरिक पर्यटकको रोजाइमा ‘महेन्द्रनगर म्युजियम’

चैत १२ ,कञ्चनपुर । कञ्चनपुरमा दुई वर्षअघि सञ्चालनमा आएको महेन्द्रनगर म्युजियम आन्तरिक पर्यटकका लागि आकर्षक गन्तव्य बनेको छ । क्याप्टेन वेद उप्रेती ट्रस्टद्वारा सञ्चालित उक्त म्युजियममा तस्बिर लिने र अवलोकन गर्नेको भीड लाग्ने गरेको छ ।

म्युजियमभित्र उल्टो तस्बिर लिने ९अपसाइड डाउन० लिनेहरूको आकर्षण देखिन्छ । उक्त म्युजियममा कुर्सी, टेबल, साइकललगायतका सामग्री उल्टो राखिएको छ । तस्बिर लिएपछि उल्टो नै देखिने गर्छ । अहिले म्युजियममा दैनिक सय÷डेढ सय जना अवलोकनका लागि आउने गरेका छन् । महेन्द्रनगरमात्रै नभएर धनगढी र नेपालगन्जबाट समेत अवलोकनका लागि आउने गरेका छन् । त्यस्तै, म्युजियमभित्र पुरानो हेलिकप्टर र स्विमिङ पुललगायत यस क्षेत्रका पर्यटकीयस्थलको तस्बिरसमेत राखिएको छ । म्युजियममा यस क्षेत्रका रानाथारू पहिरनमा सजिएका डमी राखिएका छन् ।

Dengue

‘म्युजियमभित्र सुदूरपश्चिमका धार्मिकस्थल र यहाँका संस्कृति झल्किने सामग्री देख्न पाइन्छ ।’, म्युजियमका सञ्चालक क्याप्टेन उप्रेतीले भने, ‘अहिले यहाँ आउने आन्तरिक पर्यटक बढ्न थालेका छन् ।’ हाल म्युजियममा ‘एयरक्राफ्ट म्युजियम’ समेत सञ्चालनमा आएको छ । ‘कस्मिक एयरको फोकर–१०० जेट विमानलाई ल्याएर एयरक्राफ्ट म्युजियम बनाइएको हो ।’, उप्रेतीले भने, ‘यसमा एकैपटक एक सय जनाले अवलोकन गर्न सक्ने र विमानको ककपिट तथा उडानका विषयमा पनि जानकारी लिन सक्नेछन् ।’

त्यस्तै, उप्रतीले ‘एयरक्राफ्ट म्युजियम’ समेत थपिएपछि सुदूरपश्चिम क्षेत्रको पर्यटनको आकर्षक गन्तव्य बन्ने उल्लेख गर्दै पाइलट र टावरको रेकर्डिङ गरिएको संवादसमेत यस म्युजियममा सुन्न सकिने बताएका छन् । म्युजियमले यहाँको पर्यटन विकासमा ठूलो सहयोग पुगेको स्थानीय चित्राङ्ग थापाले बताए । ‘महेन्द्रनगरमा पर्यटकको नयाँ गन्तव्यका रूपमा म्युजियम स्थापित भएको छ ।’ थापाले भने, ‘म्युजियमले सुदूरपश्चिमको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुर्याएको छ ।’

पछिल्लो समय म्युजियममा भारतको सीमावर्ती सहरबाट समेत अवलोकनका लागि आउने गरेका छन् । अझ सामाजिक सञ्जाल र टिकटकमा नयाँ–नयाँ ठाउँको भिडियो पोष्ट गर्न प्रतिस्पर्धा नै हुने गरेको देखिन्छ । पछिल्लो समय यहाँ आएर टिकटक बनाउनेहरूको समेत भीड लाग्न थालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार