छतबाट खसेर माधव नेपालका भाइ सरोजको निधन

काठमाडौँ – छतबाट लडेर गम्भीर घाइते भएका नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालका भाइ सरोजकुमार नेपालको उपचारका क्रममा निधन भएको छ । उनी शंखमुलस्थित एक घरको छतबाट लडेर गम्भीर घाइते भएका थिए । एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत सरोज शनिबार दिउँसो दुर्घटनामा परेका हुन् ।

लडेर गम्भीर घाइते भएका नेपाललाई माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचारका लागि लगिए पनि बचाउन नसकिएको नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । नेपाल नेकपा एकीकृत समाजवादीको इन्जिनियर विभागका प्रमुख समेत हुन् । शनिबार दिउँसो एक रेष्टुरेष्ट रहेको घरको छतबाट नेपाल खसेको अवस्थामा भेटिएका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार