तीस किलोग्राम ‘ट्युमर’को सफल शल्यक्रिया

काठमाडौँ – बसुन्धरास्थित ग्रिनसिटी अस्पतालले ३० किलोग्रामभन्दा बढी तौलको ‘ट्युमर’ को सफल शल्यक्रिया गरेको छ।

अस्पतालले शुक्रबार पत्रकार सम्मेलन गरी ताप्लेजुङ घर भई भक्तपुरमा बसोबासरत रीता शेर्पाको ३० किलोग्राम बढी तौलको ट्युमरको सफल शल्यक्रिया गरेको जानकारी दिएको हो।

Galaxy

अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले आर्थिक रूपमा कमजोर शेर्पाको निःशुल्क शल्यक्रिया गरेर नयाँ जीवन प्रदान गरिएको जानकारी दिए।

ग्रिनसिटी अस्पतालले शेर्पा जस्ता जटिल प्रकृतिका रोगको शल्यक्रिया निःशुल्क गर्ने गरेको अध्यक्ष टन्डनले बताए। शेर्पाको शल्यक्रिया गर्ने डा रुपा झाले बिरामीको तत्काल शल्यक्रिया गर्दा स्वास्थ्यमा अन्य धेरै समस्या आउन सक्ने सम्भावनालाई ख्याल गरी अन्य विभिन्न जाँच गरी शल्यक्रिया सफलतापूर्वक गर्न सफल भएको बताए। रासस

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार