शुक्लाफाँटा–१० का ४० परिवारको निशुल्क स्वास्थ्य बिमा

कञ्चनपुर, झलारी – शुक्लाफाँटा नगरपालिका–१० को कार्यालयले ४० परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ। वडा कार्यालयले अतिविपन्न, गरिब, दलित तथा जनजाति परिवारका ४० परिवारको स्वास्थ्य बिमा गरेको वडा अध्यक्ष लालबहादुर ऐरले बताए। ‘वडाभित्रका विपन्न ४० परिवारको स्वास्थ्य बिमा गरेका छौं,’ उनले भने, ‘प्रति परिवार वडा कार्यालय ३ हजार ५ सय रुपैयाँ उपलब्ध गराउनेछ।

यसगरी, वडा कार्यालयले एक सय परिवारलाई डोल वितरण, १२ वटा समूहलाई चारो काट्ने मसिन र २० परिवारलाई फिडर (बाख्रालाई दाना तथा घाँस) खुवाउने मसिन वितरण गरेको छ। वडाभित्र विपन्न ५ परिवारको लागि शौचालय निर्माण, सार्वजनिक ५ ठाउँमा अटोमेटिक नल्का जडान गरिने अध्यक्ष ऐरले बताए। ‘यहीँ वर्ष ५ वटा ठाउँमा अटोमेटिक नल्का जडान गर्छाै, ठाउँ छनौट गर्न बाँकी छ,’ उनले भने, ‘विपन्न परिवारको लागि शौचालय पनि यसै वर्ष निर्माण गरिनेछ।’

वडा कार्यालयले युवा/युवतीलाई ड्राभिङ तालिम पनि दिनेछ। ‘वडावासीलाई आत्मनिर्भर हुने खालका तालिमहरु दिदै आएका छौं,’ उनले भने, ‘ड्राभिङको तालिम पनि चाडै सञ्चालन गर्नेछौं।’ वडा कार्यालय प्रत्येक वर्ष खेलकुद सामाग्री समेत वितरण गर्दै आएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार