भोट माग्न एकीकृत समाजवादी कार्यालयमा पुगे सुवास नेम्वाङ

काठमाडौं – राष्ट्रपतिमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले) का नेता सुवास नेम्वाङसहित नेताहरू नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय पुगेका छन् ।

बिहीबार बिहान नेम्वाङसहित उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूलाई भेट्न कार्यालय गएका हुन् । भेटमा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको बुझिएको छ ।

Dengue

कांग्रेससहितको आठ दलीय गठबन्धनबाट रामचन्द्र पौडेल र एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार