मछिन्द्रले उचाल्यो केपी ओली कपको उपाधि

काठमाडौं – केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि ’ए’ डिभिजन क्लब मछिन्द्र फुटबल क्लबले जितेको छ । दशरथ रंगशालामा बुधवार भएको फाइनलमा सातदोबाटो युथ क्लवलाई टाइब्रेकरमा ५–३ गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि उचालेको हो ।

उपाधिसँगै मछिन्द्रले १० लाख नगद प्राप्त गर्दा सातदोबाटोले ५ लाख नगद प्राप्त गरेको छ । निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मछिन्द्रका रञ्जित धिमाल, दिवाकर चौधरी, सुजल श्रेष्ठ, पुजन उपरकोटी र ओमोलाजा नुरेन करिमले गोल गरे ।

Dengue

सातदोबाटोका निरज चौधरी, दिपेन राज सिंह र एक राज बुढाथोकीले गोल गरे । तर, सातदोबाटोका अब्दुल अबुबकारीको प्रहार मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले बचाए । त्यसअघि पाँचौं मिनेटमा आफिज ओलावालेले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । तर, खेलको १८ औं मिनेटमा जोर्डन ओवानाले गोल गर्दै सातदोबाटोलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार