राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मतदान गर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ ।

नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनमा आवद्ध सो दलको बुधबार बसेको सचिवालय बैठकले राष्ट्रपति निर्वाचनमा कांग्रेस वरिष्ठ नेता पौडेललाई मतदान गर्ने औंपचारिक निर्णय गरेको हो ।

Dengue

८ दलका साझा उम्मेदवार पौडेललाई राष्ट्रपति निर्वाचनमा मतदान गर्ने एकमात्रै निर्णय बैठकले गरेको पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । उनका अनुसार बैठकमा मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएपनि सरकारमा जाने विषय भने प्रवेश गराइएन ।

सरकारमा जाने विषयमा पार्टी सकारात्मक भएपनि समय आईनसकेकाले त्यस विषयमा छलफल नभएको प्रवक्ता खतिवडाको भनाई थियो ।

राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदै छ । त्यसका लागि काँग्रेससहितका आठ दलको तर्फबाट रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् भने एमालेबाट पार्टीका उपाध्यक्ष सुवाष नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार