प्रदेश १ काे नामकरण गर्ने विषयमा भइरहेकाे विराेध राेक्न विराटनगरमा निषेधाज्ञा जारी

काठमाडौँ  – प्रदेश नम्बर १ को नामकरण गर्ने विषयमा भइरहेको विरोध रोक्न विराटनगरमा निषेधाज्ञा जारी भएको छ । प्रदेश सभाले आज बुधवार नामको टुङ्गो लगाउने तयारी गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङले विरोध भइरहेको विराटनगरका केही ठाउँमा निषेधाज्ञा जारी गरेको हो ।

प्रदेशकाे नाम कोशी राख्न नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सहमत छन् । दलहरू भूगोलका आधारमा नाम राख्न सहमत भएपछि पहिचानका पक्षधरहरूले आन्दोलन गर्ने सम्भावना रहेको भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।

Dengue

प्रशासनले प्रदेश सभा भवन अगाडि, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र  मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार