सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने

काठमाडौँ – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आगामी फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन्। मंगलबार एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा भएको छलफलपछि यस्तो तयारी सुरू भएको हो।

मुख्यमन्त्री शाहको सचिवालयका अनुसार कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन्। यसै साता काठमाडौं पुगेर मुख्यमन्त्री शाहले विश्वासको मत दिने विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहित शीर्ष नेताहरुलाई भेटेका थिए।

Dengue

यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ।

सत्ता साझेदार दलले कसले कुन मन्त्रालय पाउने भन्ने विषयमा केन्द्रका नेताले छलफल गरेर टुंगो लगाउने नागरिक उन्मुक्ति पार्टीका प्रदेश सांसद लक्ष्मण किशोर चौधरीले बताए। मुख्यमन्त्री शाहले अहिलेकै माहोल भए कांग्रेसका १९, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४ र एक जना स्वतन्त्र सांसद गरी ४१ जनाको समर्थन पाउनेछन्। जुन प्रदेश सभा सदस्य संख्या ५३ को दुई तिहाई बढी हुन्छ। विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहको भनाई छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार