सरकारमा जान मेरो दाबी छैन : उपसभापति खड्का

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताएका छन् ।

सोमबार साँझ ट्वीट गर्दै खड्काले गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुन:र्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको भन्दै उनले अब सरकारमा जाने आफ्नो दाबी नभएको बताएका हुन् ।

Dengue

उनले ट्वीटरमा लेखेका छन् ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन । अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरीदिनुहोस् ।’

कांग्रेस सरकारमा जाँदा उपसभापति खड्काको नेतृत्वमा जाने चर्चा हुन थालेपछि खड्काले ट्वीट गर्दै आफ्नो दाबी नरहेको प्रष्ट्याएका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार