प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कतार भ्रमण स्थगित भएको छ।

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको तयारीलगायत कारणले प्रधानमन्त्री दाहालको कतार भ्रमण स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने कार्यक्रम तय भएको थियो।

Dengue

मुलुकमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको प्रक्रिया सुरु भइरहेको र सो सन्दर्भमा दलहरूबीच विभिन्न छलफल गर्नुपर्नेलगायत व्यस्तताका कारण दोहा भ्रमण स्थगित भएको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सम्मेलनमा सहभागी हुन फागुन १९ गते (मार्च ३ तारिख) त्यसतर्फ प्रस्थान गर्ने र फागुन २२ गते स्वदेश फर्कने कार्यक्रम तय भएको थियो।

प्रधानमन्त्री दाहालको सम्मेलनमा सहभागिता र सो अवसरमा हुने भेटवार्ताका बारेमा आइतबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी गराएको थियो ‍।

प्रधानमन्त्री दाहालले आइतबार नै परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमणसमेत रोकेका थिए। परराष्ट्रमन्त्री पौड्याल आइतबार मानवअधिकार परिषद्को ५० औं सत्रमा भाग लिन जेनेभा तयारीमा थिइन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार