प्रधानमन्त्रीले रोके परराष्ट्रमन्त्री पौड्यालको जेनेभा भ्रमण

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण रोकेका छन् । मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन आइतबार साँझ जेनेभा जानुअघि प्रधानमन्त्री दाहालले भ्रमण रोकेका हुन् । प्रधानमन्त्री दाहालले फोन गरेर परराष्ट्रमन्त्री पौड्याललाई भ्रमणमा नजान भनेको परराष्ट्र मन्त्रीको सचिवालयले जनाएको छ । आठ दलको नयाँ गठबन्धन बनेपछि एमालेबाट मन्त्री बनेकी पौड्याललाई प्रधानमन्त्री दाहालले भ्रमणमा रोक लगाएका हुन् ।परराष्ट्रमन्त्री पौड्याल नेपाली टोलीको नेतृत्व गर्दै जेनेभा जाने तयारीमा थिइन् । उक्त नियमित सत्र फागुन १५ देखि चैत १३ सम्म चल्ने छ । नेपाल अहिले मानवअधिकार सुरक्षा परिषद्को सदस्य पनि हो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार