राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ले थप राजनीतिक अस्थिरता निम्तने एमालेको जिकिर

काठमाडौँ – सात दलले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्ने निर्णयसँगै नेकपा एमाले झस्किएको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, लोसपा, जनमत नागरिक उन्मुक्ति र जनमत पार्टीबीचको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्ने प्रस्ताव पारित भएसँगै एमाले झस्किएको हो ।

Dengue

एमालेले यसलाई राजनीतिक दाउपेच भित्रको ‘छक्कापञ्जा’ को संज्ञा दिँदै नयाँ सहमतिले थप राजनीतिक अस्थिरता निम्तने जिकिर गरेको छ । एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवार चयन हुनु राजनीतिक दाउपेच भित्रको छक्कापञ्जा भएको प्रतिक्रिया दिए । उनले एमालेले पनि राष्ट्रपतिमा उम्मेदवारी दिने बताए। सचिवालयको बैठकबाट कसरी अगाडी बढ्नेबारे थप निर्णय गर्ने उनको भनाइ छ । पुस १० मा तत्कालीन कांग्रेस नेतृत्वको गठबन्धनलाई तुहाउन सफल एमाले ६१ दिनपछि गठबन्धन बचाइराख्न असफल भएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार