राष्ट्रपतिमा काँग्रेसको सम्भावना बलियो, उपराष्ट्रपति जसपालाई: साँझ ५ बजे फेरि बैठक बस्ने

काठमाडौं – राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेका छन् । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । यद्यपि कांग्रेसले नै राष्ट्रपति लिने सम्भावना रहेको नेताहरु बताउँछन् ।

शुक्रबार विहान नेपाली कांग्रेस, माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका शीर्ष नेताहरुको बैठक बालुवाटारमा बसेको थियो । बैठकमा एकीकृत समाजवादीले राष्ट्रपति आफ्नो दलले पाउनुपर्ने माग गरेको छ, जसलाई जसपा र माओवादीको समर्थन छ । तर माधवकुमार नेपाललाई राष्ट्रपति बनाउनुपर्ने आफूहरुको शर्त नभएको माओवादी नेताहरुले बताएका छन् ।

Dengue

कांग्रेस नेताहरुले भने आफ्नो दलले राष्ट्रपति छाडेर सहमति हुन नसक्ने बताएका छन् । ‘साँझ ५ बजे हामी फेरि बस्छौं, राष्ट्रपति कांग्रेसले नै लिने पक्का जस्तै छ’ एक नेता भन्छन् । उनका अनुसार उपराष्ट्रपति भने जसपाले पाउनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार