एमाले अध्यक्ष केपी ओलीको ‘केपी बा’ युट्युब च्यानलको सुरुवात, जन्मदिनमा मृत्युका कुरा

काठमाडाैं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नाममा युट्युब च्यानल सार्वजनिक गरेका छन् । ‘केपी बा’ नामको युट्युब च्यानल ओलीको जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट सुरू भएको हो । उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ । २५ मिनेट लामो उक्त भिडिओमा ओलीले आफ्नो जीवनमा भएका तीन महत्वपूर्ण घटनाबारे बताएका छन् ।

‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ। यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ,’ ओलीले सामाजिक सञ्जालमा फेसबुक पेजमा उल्लेख गरेका छन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार