एमाले अध्यक्ष ओलीलाई नाटक बन्द गर्न कानुनविद् डा.बस्नेतको चेतावनी

काठमडौँ – कानुनविद् डा. ज्ञान बस्नेतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नाटक बन्द गर्न चेतावनी दिएका छन् । जनयुद्ध दिवसको विषयमा एमाले अध्यक्ष ओलीले दिएको अभिव्यक्तिलाई लक्षित गर्दै डा. बस्नेतले उनलाई नाटक बन्द गर्न चेतावनी दिएका हुन् । ‘सरकारले जनयुद्ध दिवसको विदा दिदा किनाराको साक्षि बस्ने एमालेका मन्त्रीहरु पनि छन्, दिवस मनाइरहदा यो विषयमा कोही बोलेनन्’ डा. बस्नेतले भने, ‘अहिले आएर स्वार्थ निमल्दा हिंसा दिवस भनेर प्रश्न उठाउने वा विरोधको औचित्य के ?’ डा. बस्नेतले प्रश्न गरेका छन् । उनले आफ्नो नाटक बन्द गर्न पनि ओलीलाई सुझाव दिएका छन् । ‘नाटक बन्द होस्, जनताको चेत खुलोस्’ उनले भनेका छन् ।

डा. बस्नेतले बेलायतबाट कानुनमा विद्याबारिधि गरेका छन् । उनी काठमाडौँ क्षेत्र नम्बर ९ बाट प्रतिनिधिसभा सदस्यको स्वतन्त्र उम्मेदवार समेत हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार