काठमाडाैं – सरकारले शनिबार बाहेकका सार्वजनिक बिदाका दिन सरकारी कार्यालय खोल्ने तयरी गरेको छ।
बिहीबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्काे बैठकले यस्ताे तयारी गरेकाे हाे । बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाहमा प्रभाव परेको भन्दै बैठकमा बिदाकाे बारेमा छलफल भएको बैठकमा सहभागी एक मन्त्रीले बताए । सार्वजनिक बिदा धेरै हुँदा सार्वजनिक सेवा प्रवाह नै प्रभावित हुने देखिएकाे ति मन्त्रीकाे भनाइ थियाे । त्यसैले कर्मचारीहरूलाई सट्टा बिदा दिएर भए पनि शनिबार बाहेकका सार्वजनिक बिदामा अत्यावश्यक सरकारी कार्यालय खोल्ने बारेका बैठकमा छलफल भएकाे मन्त्रीले बताए ।
सरकारले संवैधानिक परिषद सम्बन्धी विधेयक संसदमा लैजाने सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले संसदमा लैजाने र त्यसलाई चाँडै नै संसद सचिवालयमा दर्ता गर्ने निर्णय समेत गरेकाे छ ।
प्रतिक्रिया दिनुहोस्