प्रधानमन्त्री प्रचण्ड र माधव नेपालबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच बिहीबार भेटवार्ता भएको हो।

उनीहरूबीच राष्ट्रपति निर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ। राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै दलहरूको दौडधुप बढेको छ।

Dengue

बुधबार बेलुकी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित कांग्रेस नेताहरूले प्रधानमन्त्रीसँग बालुवाटारमा छलफल गरेका थिए।चुनावका बेलाको पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावका बेला ब्युँताउने गरी दलहरूले छलफललाई तीव्रता दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार