बाजुरामा केन्द्रविन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको

काठमाडौँ – बाजुरामा केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बुधवार दिउँसो १ बजेर ४५ मिनेटमा बाजुराको विछ्या आसपास केन्द्रबिन्दु भएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला बाजुरा, बझाङ, अछामलगायतका जिल्लामासमेत भूकम्पको धक्का महसुस भएकाे छ । भूकम्पको धक्कापछि स्थानीयवासी त्रसित बनेका छन् । भूकम्पबाट क्षति भएको जानकारी अहिलेसम्म प्राप्त भएको छैन ।

Dengue

बाजुरा केन्द्रविन्दु भएर यसअघि माघ १० गते ५ दशमलव ९ म्याग्निच्युड र माघ १२ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । माघ १० गतेको भूकम्पका कारण एक जनाको ज्यानसमेत गएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार