माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको मेटमणि चौधरीको दाबी

काठमाडौं – नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीले माधव नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव हल्ला मात्र भएको दाबी गरेका छन् । चौधरीले केही बेर अगाडि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राष्ट्रपतिको उम्मेदवार बन्न पार्टी अध्यक्ष माधवकुमार नेपाललाई आधिकारिक प्रस्ताव नआएको र कुनै पनि भेटघाट नभएको दाबी  गरेका हुन् । उनले लेखेका छन्, ‘भ्रममा नपरौ । हिजो देखि राष्ट्रपति बिषयमा बजारमा खुबै चर्चा छ तर आज सम्म न कुनै आधिकारिक प्रस्ताव छ न त कुनै भेटघाट । समय समयमा यस्ता अफवाहहरू आउँछ र समयक्रममा त्यो हराएर जान्छ । यसैले कसैले पनि भ्रममा नपरौ । मिडियामा आएको कुनै पनि समाचारमा आाधिकारिकता छैन ।’

सञ्चारमाध्यममा राष्ट्रपतिको विषयमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटवार्ता भएकोबारे समाचार आएको थियो । यस्तै, माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न केपी शर्मा ओलीको प्रस्ताव भन्ने समाचार आएको थियो ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार