प्रचण्डलाई ओलीको भय

काठमाडौँ – सत्ता गठबन्धनलाई निरन्तरता दिन र प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहाललाई अप्ठ्यारोमा पार्न एमाले अध्यक्ष ओलीले विभिन्न राणनीति अख्तियार गर्न सक्नेमा कांग्रेस र नेकपा एसका नेताहरू सशंकित देखिएका छन्।

नेकपा एस एमालेमा मिल्ने अवस्थामा ओलीले नै नेपालको नाम प्रस्ताव गर्न सक्ने पनि नेताहरूको बुझाइ छ। ओलीले दाहाललाई अप्ठ्यारो पार्न बाबुराम भट्टराईलाई राष्ट्रपतिमा अघि सार्न सक्ने सम्भावना औंल्याइएको छ। भट्टराई नेतृत्वको पार्टीसँग माओवादी केन्द्रले एकीकरण गर्न छलफलमा रहेका बेला उनलाई रोकेर नेता नेपाल वा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न दाहाललाई नैतिक र राजनीतिक रूपमा पनि अप्ठ्यारो पर्ने बताइन्छ। कांग्रेसभित्र नेताहरूबीच दुरी बढाउन ओलीले पौडेलको साटो सिटौला वा पूर्वसभामुख दमननाथ ढुंगानाको नाम अघि ल्याएर खेल खेल्न सक्ने सम्भावना रहेको पनि निकटहरू बताउँछन्। मधेसवादी दल र शक्ति केन्द्रहरूको पनि रुचिमा रहेका महन्थ ठाकुरलाई पनि ओलीले कार्डका रूपमा राष्ट्रपतिमा अघि सार्न सक्ने कांग्रेस र माओवादी नेताहरूको बुझाइ छ।

Seti Hospital

‘सकेसम्म एमाले र अझ ओलीले नै चाहेको व्यक्तिलाई राष्ट्रपति बनाउन उहाँ (केपी ओली) ले अधिकतम प्रयास गर्नुहुन्छ,’ माओवादीका एक पदाधिकारीले भने, ‘त्यो सम्भव नभएको अवस्थामा प्रधानमन्त्रीलाई अप्ठ्यारो बनाउन उहाँले शक्ति केन्द्रहरूको चासोका विभिन्न पात्र र व्यक्तिलाई अघि सार्ने सम्भावना छ।’ यो समाचार नागरिक दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार