सुदूरपश्चिमका मुख्यमन्त्री शाहले भने – ‘वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्छ’

काठमाडौँ – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने बताएका छन्। सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने दाबी गरेका हुन्।

प्रदेश सभा बैठकबाट विश्वासको मत कहिले लिने तयारी छ भन्ने प्रश्नमा उनले छिट्टै विश्वासको मत लिने र यो सरकार पाँचै वर्ष चल्ने बताए।

khadya

उनले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए। यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको थियो।

उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ। ७ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टाइसकेको छैन। जेलमा रहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहाइ गरिनुपर्ने अडान नागरिक उन्मुक्तिको छ।

मुख्यमन्त्री शाहले माओवादी केन्द्रलगायत दलसँग पनि छलफल अघि बढाएका छन्। केन्द्रमा राष्ट्रपति निर्वाचनका बेला गठबन्धन फेरबदल हुन सक्ने भएकोले माओवादीबाट सरकारलाई समर्थन मिल्ने आँकलन कांग्रेसका सांसदहरूको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार