गौतमबुद्ध विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान

काठमाडौं – भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट छिट्टै अन्तरराष्ट्रिय उडान शुरू हुने भएको छ । पुसदेखि अन्तरराष्ट्रिय उडान बन्द रहेको उक्त विमानस्थलबाट पहिला नियमित उडान गर्दै आएको जजिरा एयरवेजले उडान गर्ने भएको हो । जजिराको उडान पुनस् शुरू हुनुअघि सोमवार एउटा चार्टर्ड उडान हुँदै छ ।

उक्त विमानस्थलमा क्यानेडेली एयरलाइन्सले चार्टर्ड उडान गर्ने विमानस्थल कार्यालयले जानकारी दिएको छ । विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले आइतवार चार्टर्ड उडान गरेर आउने भनिए पनि विविध कारणले रोकिएको र सोमवार आउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार मौसममा सुधार र अन्य प्राविधिक कुरामा सुधार भएसँगै जजिरा एयरवेजले उडान गर्ने समय मागेको छ ।

Dengue

जजिराले फागुन २५ गते बिहानदेखि उडान गर्नेछ । अहिले आन्तरिक उडान मात्रै हुँदै आएको उक्त विमानस्थलबाट जजिरा एयरवेजले मंगलवार, बिहीवार र शुक्रवार उडान गर्नेछ । यसअघि पनि जजिराले सातामा तीन उडान गर्दै आएको थियो । मौसम प्रतिकूलताको कारण उक्त एयरलाइन्सले गौतमबुद्ध–कुवेत उडान रोकेको थियो । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार