छोरी बिहानीलाई भोट माग्न प्रज्ञा भवन पुगे बद्री पंगेनी

काठमाडौं– गायक बद्री पंगेनी आफ्नी छोरी बिहानी पंगेनीका लागि मत माग्न अनेरास्ववियुको महाधिवेशनस्थल प्रज्ञा भवन कमलादी पुगेका छन्। उनकी छोरी बिहानी अनेरास्ववियु केन्द्रीय सदस्यकी उम्मेदवार छन्। एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको २३औं राष्ट्रिय महाधिवेशन अन्तर्गत बिहीबार मतदान हुँदैछ।

छोरीको राजनीतिप्रतिको रूचिलाई समर्थन गर्न महाधिवेशनस्थलसम्म पुगेको पंगेनीले बताएका छन् । कानुन पढिरहेकी बिहानीले आफ्नो रूचिले विद्यार्थी संगठनबाट राजनीति थालेको बताइन्। उनी पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत चक्रवर्ती कलेजमा एलएलबी अध्ययनरत छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार