सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो

काठमाडौं – ग्यास सिलिण्डर विस्फोटबाट घाइते हुनुभएका नेपाली कांग्रेस नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीलाई थप उपचारका लागि भारत लगिएको छ । बिहीबार दिउँसो श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न अस्पतालमा उपचारका लागि लगिएको हो ।

उहाँको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लगिएको हो । छ जना चिकित्सकको टोली पनि उहाँसँगै गएको छ । चिकित्सकको टोलीमा डा. प्रदीप तिवारी, डा. वृहस्पति, डा. प्रदीप शर्मा, डा. रोशन शर्मा, दिनेश राई, सागर महर्जन र राज तामाङ हुनुहुन्छ । बुधबार राति उहाँ घाइते हुनुभएको हो । उहाँसँगै घाइते उहाँकी आमाको उपचारका क्रममा किर्तिपुर अस्पतालमा निधन भइसकेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार