(अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागिआज मतदान हुँदै

काठमाडौं – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ । बुधबारबाटै सुरू निर्वाचन प्रक्रियामा बिहीबार बिहान ८ बजेदेखि मतदान हुन लागेको हो ।

सर्वसम्मत नेतृत्व चयनका लागि सहमतिको प्रयास भए पनि अध्यक्ष पदका आकांक्षीहरु सहमत हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरू भएको हो । महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय समिति तथा ३ वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् । अध्यक्ष १, महासचिव र कोषाध्यक्ष १–१ जना, उपाध्यक्ष ४ र सचिव १० जना गरी पदाधिकारीहरुको चयन हुनेछ । १० सचिवमा ३ महिला, १ समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षका लागिमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, महासचिव समिक बडाल र उपाध्यक्ष मोती विकले उम्मेदवारी दिएका छन् । अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनको मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार