काठमाडौं । नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य वासुदेव घिमिरेले कक्षा–१२ का विद्यार्थीको भविष्यमाथि सरकारबाटै खेलबाड गरिएको आरोप लगाएका छन् । सोमबार (असार १५) राष्ट्रियसभा बैठकमा उनले शिक्षामन्त्रीबाट विद्यार्थीको भविष्यमाथि खेलबाड गरिएको आरोप लगाएका हुन् ।
“१२ कक्षाका विद्यार्थीको भविष्य बिगार्ने गरी शिक्षा मन्त्रालय र शिक्षामन्त्रीले गल्ती गर्नुभयो, त्रुटिपूर्ण निर्णय गर्नुभयो, जसको कारणले विद्यार्थीहरूको भविष्य बिग्रिएको छ,” घिमिरेले सभाध्यक्षमार्फत प्रधानमन्त्रीलाई प्रश्न गरे, “शिक्षामन्त्रीलाई के कस्तो कारबाही हुँदै छ ?”




प्रतिक्रिया दिनुहोस्