दार्चुलामा ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा २७ वर्षीय युवक पक्राउ

दार्चुला – दार्चुलामा जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । मंगलबार राति करिब १० बजेतिर जिल्लाको लेकम गाउँपालिका–४ का २७ वर्षीय प्रेम पार्की पक्राउ परेका हुन् । लेकम गाउँपालिका झलाती घर भई हाल शैल्यशिखर नगरपालिका–९ पत्थरयानीस्थित ससुराली घरमा बस्दै आएका पार्कीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलालले जनाएको छ । प्रहरीका अनुसार मानसिक रुपमा अस्वस्थ ४५ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो । पार्कीले महिलालाई जबर्जस्ती करणी गरेको भन्ने स्थानीयको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ परेका पार्कीलाई बुधबार जिल्ला प्रहरी कार्यालयमा लिएर मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार