अर्किड कप : मंगलबार भएको खेलमा हाइली क्रिएटिभ, गोल्डेन वड र टाइमलाइन स्कुल विजयी

काठमाडौं – सातौँ अर्किड कप जुनियर फुटबल प्रतियोगिता अन्तर्गत आज मंगलबार ४ वटा खेलहरु भएका छन् । कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा रहेको अर्किड स्कुलको खेल मैदानमा जारी अर्किड कपमा आज पहिलो खेल हाइली क्रिएटिभ स्कुल र कौस्टुभ एकेडेमीबीच भएको हो । जसमा हाइली क्रिएटिभ ३–१ गोल अन्तरले विजयी भएको छ । कौस्तुभका लागि हाइलीको आत्मघाती गोल भएको थियो । उक्त खेलमा कौस्तुभका सहिम अन्सारी उत्कृष्ट खेलाडी चुनिएका छन् ।

यसैगरी आजै भएको दोस्रो खेल गोल्डेन वड स्कुल र बाल गिताञ्जली स्कुलबीच भएको हो । खेलको अन्तिम मिनेटमा उत्कृष्ट दुई गोल गर्दै गोल्डेन वड स्कुल बीजयी भएको हो । गोल्डेनवडका सुजल तामाङ र रोशन खड्काले एक/एक गोल गरेका थिए । उत्कृष्ट खेलाडी भने बाल गिताञ्जलीका अमित परियार भएका छन् ।

Dengue

यस्तै आजै भएको तेस्रो खेल तथा अन्तिम खेलमा गेटवे एकेडेमीलाई १–० गोल अन्तरले पराजित गर्दै टाइमलाइन स्कुल प्रि क्वाटर फाइनलमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । प्रि क्वाटर फाइनल म्याच अन्तर्गत भोली चार खेल हुने भएका छन् । माउण्ट सेफ विरुद्ध विद्या विकास स्कुल विहान १० बजे मैदानमा उत्रिने छ भने साम्तेन स्कुल विरुद्ध निर्मलज्योती स्कुल ११ बजे मैदानमा उत्रिने छ । यस्तै कौटिल्या विरुद्ध मोनाष्टिक पब्लिक स्कुल दिउँसो १२ बजे भिड्नेछ भने नेक्सस स्कुल र टाइमलाईन स्कुल बीच १ बजे खेल हुने आयोजक अर्किड स्कुलका संयोजक नरेन्द्र प्रसाद पाण्डेयले बताउनुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार