काठमाडाैं – कञ्चनपुरमा जारी १४ औँ सुदूरपश्चिम प्रदेश स्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव २०७९ प्रति सुदूरपश्चिमका कलाकारहरुले असन्तुष्टि व्यक्त गरेका छन् ।
उद्योग वाणिज्य संघ कञ्चनपुरको आयोजना खुलामञ्चमा जारी पर्यटन महोत्सवप्रति सुदूरपश्चिमका अग्रज कलाकारले असन्तुष्टि जनाएका हुन् । कलाकार, गायक तथा संगीतकार भुवनप्रकाश विरही (बडू)ले मोत्वसमा चरम राजनीति भएको भन्दै आपत्ति जनाएका छन् ।
उहाँले सामाजिक संजाल फेलबुक एक पोष्ट सेयर गर्दै महोत्सवले सुदूरपश्चिमका अग्रज कलाकारलाई नचिनेको भन्दै समग्र कञ्चनपुरको बेइज्जती भएको टिप्पणी गर्नुभएको छ । उहाँले लेख्नुभएको छ अन्तराम विष्ट, नरेन्द्रराज रेग्मी, दिपेन्द्र दाहाल, भानुभक्त जोशी, गोपाल दयाल, तिलकसिँह पेला, गोपाल सुचिकार, सूर्य विरही साउद, रामप्रसाद अवस्थी , दिपा रोकाया, पुष्पा बोहरा, निरुता खत्री, भावना चन्द, शोभा थापा, लक्ष्मी आचार्य, भिम थापा, माधवी घर्ती कलाकारहरु बिदेशी कलाकार हुन र भनी आयोजकलाई नै प्रश्न गरेका छन् ।
एक सय ३२ जनाको सामुहिक स्वरमा रहेको न्याउल्या, हुड्केली, दमाहा, गौरा, हरिनारायण जस्ता लोप हुदैँ गइरहेका टिपिकल गीत बचाउनेतर्फ आफ्नो निरन्तरता देख्दा देख्दै कञ्चनपुर रानीतिक महोत्सवको आँखा फुटेको हो भनी खेद प्रकट गरेका छन् । राष्ट्रिय स्तरमा सुदूरपश्चिमका लागि योगदान दिएका कलाकारहरुलाई आफ्नो थलोमा स्थान नदिइनुमा समग्र जिल्लाको बेइज्जत भएको बताएका छन् ।
यसै पोष्टलाई लिएर अन्य कलाकारहरुले पनि चर्काे आलोचना गरेका छन् । गायक भानुभक्त जोशी लेख्नुहुन्छ “तपाइ हाम्रो योगदान केहिपनि छैन, हाम्रो उपस्थिति नहोस् तर व्यथिति चाँहि सहिदैन । काला कर्तुत कर्तव्य नचिनेकाहरु महोत्सवको नाममा अलिकति पनि व्यथिति भएको त्यसको जिममा लिनुपर्ला” भनेर कमेन्ट गर्नुभएको छ ।
यस्तै गायिक पुष्पा बोहराले पनि कलाकारलाई नचिनेकोप्रति आपत्ति जनाएको छ । आया कञ्चनपुरका मेला बोलको गीतको गायक नै थाहा छैन होला कहाँ मलाई चिन्नुहुन्छ, यो गीत बज्छ कि बज्दैन होला भनेर कमेन्ट गर्नुभएको छ ।
गायिक दिपा रोकायाले कलाकारलाई तरकारी किनेजस्तै मोलमोलाई गरि बोलाउनुभन्दा नबोलाएकै बेस पनि आयोजकलाई लक्षित गरि कमेन्ट गर्नुभएको छ । त्यसैगरी कलाकार बिनोद बाजुरालीले पनि टिकट विक्रिलाई लक्षित गरि गायक बोलाउने चलन रहेको भनि टिकाटिप्पणी गरेको छ ।


 
                     
			
 
					 
					 
					 
					 
					

 
                     
                     
                     
                     
                     
                    
प्रतिक्रिया दिनुहोस्