गौरीगंगामा सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका गाईगोरु मेरेका भेटिए

मसुरिया – कैलालीको गौरीगंगा नगरपालिकामा मरेका गाई गोरु भेटिएका छन् । गौरीगंगा नगरपालिका–७ को सुनपाल सामुदायिक वनमा व्यवस्थापन गर्ने भन्दै राखिएका छाडा गाईगोरु मरेको भेटिएका हुन् ।

गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलकाअनुसार सामुदायिक वनमा गाईगोरु मरेको भेटिए पनि संख्या भने यकिन भएको छैन । नगर क्षेत्रमा छाडा छोडिएका गाईगोरुलाई व्यवस्थापन गर्ने भन्दै नगरपालिकाको सहयोगमा तारबार गरेर स्थानीय उत्तम आउजीले जंगलमा राखेका मध्येका गाईगोरु मरेका मेयर कडेलले बताए । स्थानीयकाअनुसार त्यहाँ ठूलो संख्यामा गाईगोरु मरेको भेटिएका छन् । गौशाला निर्माण गर्ने भन्दै व्यवस्थापनमा लागेका आउजीले भने १५–२० वटा गाई मरेको दाबी गरे ।

Dengue

उनले गाईगोरुमा फिज फाल्ने, दानापानी नखाने समस्या देखिएपछि केही दिन अघि नगरपालिकाको पशु शाखामा जानकारी गराइएको बताए । पशु शाखाले दिएको सुझावका आधारमा जुकाको औाषधी खुवाएपछि केही गाईगोरु निको भएको उनको दाबी छ ।

सोही कारण गाईगोरु मरेको हुनसक्ने उनको दाबी छ । तर स्थानीय भने व्यवस्थापनका नाममा गाईगोरु मारिएको भन्दै सामुदायिक वन क्षेत्रमा राखिएका ४०० सय गाईगोरुलाई तारबारबाट निकालिदिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार