२०८० साल : साउनमा मलमास, हरितालिका तीज असोज १ गते, दशैँ कात्तिक ७ गते

काठमाडाैं – विक्रम संवत २०८० सालको साउनमा मलमास (अधिकमास) परेकाले यस वर्षका सबैजसो चाडपर्व पछि सरेका छन् । प्राय हिन्दु धर्मावलम्बीहरुले मनाउने चाडपर्व १५ देखि २० दिन पछाडि सरेका छन् ।

असार १९ गतेबाट सुरु हुने श्रावण कृष्णपक्ष साउन १ गते सकिन्छ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । त्यसपछि फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परेको छ । यसरी दुईपटक एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात मलमास भन्ने गरिन्छ । यसरी भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै परेका कारण नयाँ वर्षका चाडपर्वहरु अघिल्लो वर्षको भन्दा १५–२० दिन पछाडि धकेलिएको उनले बताए।

Seti Hospital

सधैजसो भदौमा पर्ने हरितालिका तीजको व्रत २०८० सालमा असोज १ गते परेको छ । यस्तै २०८० सालको घटस्थापना असोज २८ गते परेको छ भने फूलपाति कात्तिक ४ र विजयादशमी कात्तिक ७ गते परेको छ ।

यस्तै नयाँ वर्षको तिहार पनि करिब २० दिन पछाडि धकेलिएको छ। नयाँ वर्षमा भाइटीका कात्तिक २९ गते परेको छ भने यस वर्ष को भाइटीका कात्तिक १० गते थियो । यस्तै २०८० सालको छठ पर्व २० दिनपछि धकेलिएर मंसिर ३ गते पुगेको छ।
नयाँ सालमा चैते दसैं गायब भएको छ । २०८० सालमा चैते दसैं ८१ सालमा पुगेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार