टर्कीमा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३४ हजार नाघ्यो

एजेन्सी – टर्कीमा गत सोमबार गएकाे भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३४ हजार नाघेको छ।

भूकम्प गएको एक हप्ता बितिसक्दा समेत भग्नावशेषमा च्यापिएका मानिसहरुको खोजी कार्य जारी रहेकाे छ । मृतककाे संख्या पनि बढिरहेकाे छ । टर्कीमा अहिलेसम्म मृत्यु हुने संख्या २९ हजार ६ सय ५ पुगेको छ भने सिरियामा ४ हजार ५ सय ७४ जनाको मृत्यु भएको पुष्टि भएको छ । उद्धारकर्मीहरुले टर्कीमा भूकम्प गएको १ सय ५० घण्टापछि १० वर्षीय बालिकालाई जीवितै उद्धार गरेका छन् ।

Dengue

कठ्याङ्ग्रिने चिसोका कारण खोजी, उद्धार र पुनस्थापना निकै चुनौतीपूर्ण बनेको छ । विश्वभरबाट सहयोग पुग्ने क्रम पनि जारी रहेको छ । सिरियामा भने भूकम्प प्रभावित क्षेत्र विद्रोहीको कब्जामा हुँदा पीडितहरुले राहत पाउन सकेका छैनन् । उनीहरुलाई ओत लाग्ने त्रिपालको समेत अभाव रहेको छ । संयुक्त राष्ट्रसंघले विद्रोही नियन्त्रित सिरियाको यकिन विवरण आएपछि सहयोग टोली परिचालन गर्ने जनाएकाे छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार