अनेरास्ववियु महाधिवेशनको तयारी पुरा, फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने

काठमाडौँ – करिब ७ वर्षपछि हुन लागेको अनेरास्ववियुको फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने २३ औं राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्। निःशुल्क शिक्षा, स्वास्थ र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार ! गुणस्तरीय शिक्षा, गतिशिल संगठन र स्ववियु निर्वाचन हाम्रो सरोकार भन्ने मुल नाराको महाधिवेशन गर्न लागिएको हो।
आइतबार महाधिवेशनको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष सुनिता बरालले सकेसम्म सहमतिको आधारमा चयन गरिने बताइन् । नेतृत्व चयन सहमतिमा नहुँदा स्वस्थ र मर्यादित प्रतिस्पर्धाको माध्यमबाट नेतृत्व चयन गरिने उनको भनाई थियो । निर्वाचन प्रकृयालाई व्यवस्थित, छिटो छरितो बनाउन विधुतीय मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गरिएको उनले बताइन् ।
महाधिवेशनबाट दुई वर्षका लागि १९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र ३ आयोग (अनुशासन ,लेखा र निर्वाचन) निर्वाचित हुनेछन् ।

 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार