प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जाने

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहल (प्रचण्ड) सुदूरपश्चिम जाने भएका छन्।

सोमवारदेखि कञ्चनपुरको महेन्द्रनगरमा सञ्चालन हुने महोत्सवको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड सुदूरपश्चिम जान लागेका हुन्। उनले सोमवारदेखि महेन्द्रनगरमा सुरु हुने सुदूरपश्चिम प्रदेश स्तरीय औषोगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ।

Dengue

उनी सोमवार बिहान धनगढी पुग्ने छन। कैलालीको गेटामा निर्माणको चरणमा रहेको प्रस्ताविक मेडिकल कलेजको अवलोकन गर्ने कार्यक्रमसमेत रहेको छ। उनी सोमवार दिउसो १२ बजे तिर मात्र कञ्चनपुर पुग्ने छन्। १२ देखि साढे ३ बजेसम्म प्रधानमन्त्री प्रचण्ड कञ्चनपुरमा रहने छन्। उनले सोमवार नै कञ्चनपुरको सुख्खा बन्दरगाहको अवलोकन भ्रमण गर्ने कार्यक्रमसमेत रहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार