नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा शिक्षा क्षेत्र अभिभावक विहिन : अध्यक्ष हमाल (भिडियो)

काठमाडौँ – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (नेशनल प्याब्सन) का केन्द्रीय अध्यक्ष पाण्डव हमाल ठकुरीले नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा शिक्षा क्षेत्र अभिभावक विहिन बनेकोमा गम्भिर चिन्ता प्रकट गरेका छन् ।
शनिबार उपहारखबरसँग कुराकानी गर्दै अध्यक्ष हमालले नयाँ शैक्षिक सत्र नजिकिदै गर्दा शिक्षा क्षेत्र अभिभावक विहिन बनेकोमा गम्भिर चिन्ता प्रकट गरेका हुन् । ‘सरकारले शिक्षालाई उच्च प्राथमिकता नदिएको हाम्रो बुझाई छ,’ अध्यक्ष हमालले भने, ‘शिक्षा र बालबालिकालाई प्राथमिकतामा राखेर मुलक जब सम्म अगाडी बढ्न सक्दैन तब सम्म मुलुकले मुहार फेर्न सक्दैन ।’ कुनै पनि देश विकासको लागि शिक्षा अपरिहार्य भएको आफुहरुको बुझाई रहेको अध्यक्ष हमालले दोहर्याए । आफ्नो स्वार्थको लागि गरिएको राजनीतिले देशको हित कदापी नहुने अध्यक्ष हमालको तर्क छ । सत्ताको खिचातानीले सधै शिक्षा क्षेत्रलाई धरासयी बनाउने गरेको उनको आरोप छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले फैसला गरेपछि लामिछानेको सांसद पद खोसिएको थियो । त्यस पश्चात रास्वपाले सरकारबाट बाहिरिने निर्णय गरेसँगै शिक्षा मन्त्रालय पनि मन्त्री विहिन बन्न पुगेको छ । अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा मन्त्री नियुक्त गरेका छैनन् ।

Dengue

 

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार