विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा र महासचिव रञ्जु दर्शना सर्वसम्मत

काठमाडौँ – विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बास्कोटा सर्वसम्मत चयन भएकी छन् । काठमाडौँमा शनिबार सम्पन्न प्रथम महाधिवेशनबाट बास्कोटा सर्वसम्मत रुपमा अध्यक्ष चयन भएको केन्द्रीय निर्वाचन समिति संयोजक केशव दाहालले जानकारी दिए ।

यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र विमला अधिकारी चयन हुँदा महासचिव रञ्जु दर्शना सर्वसम्मत भएकी छन् ।
दाहालका अनुसार सचिवमा पवित्रा थापा, विमला तामाङ र समुद्र केसी चयन हुँदा कोषाध्यक्ष दामोदर नेपाल निर्वाचित भएका छन् । महाधिवेशन हलबाट सबै पदाधिकारी सर्वसम्मत चयन भएको घोषणा गरियो ।
केन्द्रीय सदस्यमा भने आकांक्षी धेरै भएपछि निर्वाचनबाट चयन गरिने भएको छ । त्यसका लागि केहीबेरमै निर्वाचन प्रक्रिया सुरु हुने दाहालले बताए । विवेकशील साझाको केन्द्रीय समिति ६१ सदस्यीय हुनेछ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार