सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता सुरु

काठमाडौं – सातौं अर्किड कप जुनियर ब्वाइज फुटबल प्रतियोगिता सुरु भएको छ । काठमाडौँको गोठाटारमा रहेको अर्किड प्युपल सेकेण्डरी स्कुलको आयोजनामा सुरु भएको उक्त प्रतियोगिताको शुक्रवार उद्घाटन गरिएको छ । अर्किड स्कुलका फाउण्डर प्रेमकुमार भुजेलको अध्यक्षता तथा ओखलढुंगाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामहरी खतिवडाको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन समारोहमा खेलमा सहभागि विद्यालयका प्रतिनिधि सहभागी भएका थिए । नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमाल, प्याब्सनका सचिव तथा नेक्सस स्कुलका संस्थापक प्रिन्सिपल आरबी कटुवाल, फिजमका अध्यक्ष तथा भीमेश्वर एकेडेमीका फाउण्डर प्रिन्सिपल अमृत खड्का, फिजम सचिव तथा बेष्ट ग्रुप भीजनका संस्थापक प्रिन्सिपल सुनिल खत्री लगायतको उपस्थिति रहेको थियो ।

Dengue

प्रतियोगितामा आयोजकको २ सहित ३८ टिमको सहभागिता रहने छ । अर्किड स्कुलका प्रिन्सिपल चोलेन्द्र कार्कीले सम्पूर्ण खेलाडी तथा विद्यालय प्रतिनिधि लगायत उपस्थित सम्पूर्णलाई स्वागत गर्दै विजेताले ३० हजार, उपविजेताले २० हजार, तेश्रोले १० हजार र चौथोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा नेसनल प्याब्सनका अध्यक्ष पाण्डव हमालले शिक्षा जस्तो महत्वपूर्ण क्षेत्रमा सरकार सचेत भइदिन प्रमुख अतिथि रामहरि खतिवडालाई अनुरोध गर्नुभयो । साथै उहाँले समृद्ध मुलुक बनाउने हो भने शिक्षाको पाटोलाई सुधार गर्नुपर्ने आवश्यक रहेको समेत औल्याउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि रामहरि खतिवडाले सदनमा शिक्षा तथा खेलकुद क्षेत्रका मुद्दाहरुलाई उठान गर्ने आश्वासन दिनुभयो । यसैगरी चर्चित अन्र्तराष्ट्रिय खेलाडीहरुको नाम जोड्दै खेल क्षेत्र नाम, दाम र सम्मानको कुरा भएकोले विद्यार्थीहरुले पढाइसँगै खेलक्षेत्रमा समेत ध्यान दिन आग्रह गर्नुभयो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरु अर्किड स्कुलको आफ्नै खेल मैदानमा हुनेछ । प्रतियोगितालाई सम्पन्न गर्न युनि पब्लिकेशन सिफल काठमाडौं, फोटो संसार लोकन्थली भक्तपुर, ग्रामर कलेज कोटेश्वर, मनास्लु वल्ड कलेज चावहिलले मुख्य सहयोग गरेकोमा संस्थापक प्रेमकुमार भुजेलले हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

उद्घाटन समारोहको उद्घोष विद्यालयका संयोजक नरेन्द्रप्रसाद पाण्ड्यले गर्नुभएको छ । आज उद्घाटन समारोहमा तीन खेल हुने भएकाछन् । जसमा पहिलो खेल अर्किड स्कुल ‘ए’ र गोठाटार स्कुलबीच हुनेछ भने दोस्रो खेल पनाङ्क प्याराडाइज स्कुल र भीमेश्वर स्कुलबीच हुनेछ । यसैगरी तेस्रो खेल गोल्डेन वड स्कुल र सनराईज स्कुल बीच हुनेछ ।

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार