राष्ट्रपति निर्वाचनले राजनीतिमा थप कम्पन ल्याउन सक्छ : बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले चुनावको तीन महिना नपुग्दै सरकार परिवर्तन हुनुजस्ता घटनाले अस्थिरताको दुष्चक्रमा फस्न लागेको संकेत गर्ने बताएका छन्।

विश्वासको मत नपाएर नेकपा एमाले नेतृत्वमा रहेको सुदूरपश्चिम प्रदेश सरकार ढलेपछि बिहीबार बेलुकी ट्वीट गर्दै उनले यस्ता घटनाले अस्थिरता निम्त्याउन सक्ने उल्लेख गरेका छन्। ‘आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण, रवि लामिछाने प्रकरण, सुदूरपश्चिम प्रदेश सरकार पतन। यी घटनाले देश अर्को अस्थिरताको दुष्चक्रममा फस्न लागेको संकेत गर्छ,’ भट्टराईले लेखेका छन् ।

Dengue

भट्टराईले अब हुने राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउन सक्ने पनि बताएका छन्। फागुन २५ गतेका लागि राष्ट्रपति निर्वाचन मिति तोकिएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल सबैलाई मान्य हुने व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्ने पक्षमा छन् भने सत्ता साझेदार दल नेकपा एमालेले पूर्वसहमतिअनुसार आफूहरूले राष्ट्रपति पाउनुपर्ने बताइरहेको छ। तर प्रधानमन्त्रीलाई गत पुस २६ मा विश्वासको मत दिएको नेपाली कांग्रेसले पनि संसदको ठूलो दलको हैसियतमा राष्ट्रपति आफूहरूले पाउनुपर्ने बताइरहेको छ। साथै भट्टराईले अर्थतन्त्रमा गम्भीर संकट देखा परेकोसमेत उल्लेख गर्दै भनेका छन्, ‘अब पनि द्वन्द्व कि सहमतिको बाटो?’

गत मंसिरमा प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो। सत्ता गठबन्धनबाट बनेको सुदूरपश्चिम सरकार सत्ताघटक दल नागरिक उन्मुक्ति पार्टीका सांसदले विश्वासको मत नदिने भएपछि बिहीबार ढलेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिने प्रस्ताव गरेको प्रदेश सभा बैठकमा ७ जना सांसद रहेको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीका सांसद अनुपस्थित रहे।

सुदूरपश्चिममा बिहीबार नै नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेको छ। सत्ता गठबन्धनकै समर्थनमा बनेको सरकार एक महिनामै ढलेपछि सात दलीय सत्ता गठबन्धनभित्र असन्तुष्टिसमेत देखिएका छन्। नागरिक उन्मुक्तिले भने जेलमा रहेका रेशम चौधरीलगायत रिहाइ हुनुपर्ने अडान राख्दै आइरहेको छ। यो माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने पनि नागरिक उन्मुक्तिको अडान छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार