त्रिविको स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

काठमाडौं – त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले २०७९ सालको स्नातक तह चौथो वर्षको परीक्षा स्ववियु निर्वाचनपछि गर्ने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको तालिका अनुसार शिक्षा शास्त्र, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान तर्फका नियमित तथा आंशिक परीक्षाहरु २०७९ चैत १२ गतेदेखि सुरु हुनेछन् । चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय त्रिवि कार्यकारी परिषदले गरिसकेको छ । यसअनुसार स्ववियु निर्वाचन लगत्तै परीक्षाहरु सुरु हुनेछन् ।

Dengue

यसअघि फागुन १० गतेदेखि परीक्षा सन्चालन गर्ने तालिका त्रिविले निकालेको थियो । तर विद्यार्थीहरुले स्ववियु निर्वाचन लगत्तै परीक्षा सन्चालन गर्नुको सट्टा केही दिन पछि सारिदिन आग्रह गरेका थिए । त्यसपछि पूर्व निर्धारित मितिभन्दा मिति दुई दिन पछि सारेर त्रिविले परीक्षा तालिका सार्वजनिक गरेको छ । संशोधित तालिका अनुसार बीएससी र बीएडका परीक्षा चैत १२ देखि तथा बीबीएसको परीक्षा चैत १३ गतेदेखि सन्चालन हुनेछन् ।

त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डरमा २÷२ वर्षमा फागुन १४ गते स्ववियु निर्वाचन गर्ने कार्यतालिका छ । यद्यपि यस वर्ष चैत ५ गते स्ववियु निर्वाचन हुनेछ । २०६५ चैतयता नियमित रूपमा स्ववियु निर्वाचन हुन सकेको छैन । २०७३ चैतमा २६ वटा क्याम्पसमा मात्र निर्वाचन भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार