बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा हेयर नेपालमा कार्यरत अमृता खत्रीको मृत्युु

शिवजी मण्डेल, बझाङ – बझाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका २ र ४ को बिच बज्वामा मालबाहक ट्रकले ठक्कर दिँदा हेयर नेपालमा कार्यरत दुर्गाथलि गाउँपालिका ३ रकैल घर अन्दाजी २३/२४ अमृता खत्रीको मृत्युु भएको हो ।

सोमबार आज बिहान सदरमुकाम चैनपुरदेखि बागथाल तर्फ गइरहेको सुपप्र ०१०१ ० प ५३१७ नम्बरको मोटरसाइकललाई धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ ख ३०७१ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार खत्रीको घटना स्थलमै मृत्युु भएको प्रहरीले जनाएको छ ।

Dengue

ट्रक चालक बैतडीको पुर्चौडि नगरपालिका ६ का दिपेन्द्र साउँद र मोटरसाइकल चालक बझाङको जयपृथ्वी नगरपालिका ७ का नारायण जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नारायण र अमृता संस्थाका कार्यक्रमका लागि चैनपुरबाट गइरहेका बुझिएको छ । मृतक खत्रीको माइतीघर खप्तडान्ना गाउँपालिका रहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार