स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा

काठमाडौं– महालेखा नियन्त्रक कार्यालयबाट सञ्चालनमा रहेको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा ‘रेभिन्यु मोडल’ सञ्चालनमा ल्याइएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज एक कार्यक्रमबीच उक्त मोडलको शुभारम्भ गर्नुभयो ।

यो प्रणाली सञ्चालनमा आएसँगै वित्तीय प्रतिवेदन ढाँचामा एकरूपता, सेवा प्रवाहमा सहजता, खर्चमा मितव्ययिता र वित्तीय अनुशासनमा सुधार हुने अपेक्षा गरिएको छ । आजदेखि सुरु भएको ‘रेभिन्यु मोडल’ धुलिखेल नगरपालिकामा पूर्णरूपमा सञ्चालनमा आइसकेको र अन्य स्थानीय तहहरूमा क्रमशः लागू गर्दै जाने लक्ष्य लिइएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

Dengue

रेभिन्यु मोडल शुभारम्भ कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यो प्रणालीको प्रयोगबाट स्थानीय तहको क्षमता अभिवृद्धि गर्दै सही ढङ्गले सञ्चालन गर्न निर्देशन दिनुभयो । साथै उहाँले महालेखा नियन्त्रक कार्यालय र अन्तर्गतका निकायले कानुनी अधिकारको प्रयोग गर्दै दैनिक कार्य सञ्चालनका कामभन्दा माथि उठेर थप सिर्जनशील प्रयास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । आन्तरिक लेखापरीक्षण तथा सरकारी लेखा प्रणालीलाई थप प्रभावकारी बनाउन पनि अर्थमन्त्रीले निर्देशन दिनुभयो ।

कार्यक्रममा आफ्नो धारणा राख्दै राजस्व सचिव डा रामप्रसाद घिमिरेले सरकारी निकायहरूमा निष्कृय रहेका खाताहरूको खोजी गर्नुपर्ने र सरकारी बाँकी असुलीलाई तीव्रता दिनुपर्ने बताउनुभयो । रेभिन्यु मोडलको प्रभावकारी कार्यान्वयनबाट त्यो सफल हुने पनि उहाँको भनाइ छ ।

अर्थसचिव तोयम रायाले हाल सञ्चालनमा रहेका प्रणालीहरूको निरन्तरताको लागि स्रोतको सुनिश्चितता एवं सञ्चित कोष व्यवस्थापन प्रणालीका सम्बन्धमा जानकारी दिनुहुँदै सूत्रमा राजस्व मोडलको विकास गर्ने कार्य सह्रानीय रहेको धारणा व्यक्त गर्नुभयो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार