७ वर्षीया बालिकाको हत्यापछि बाबुद्वारा आत्महत्या

काठमाडौँ – राजधानीको पुरानो बानेश्वरस्थित टंकप्रसाद मार्गमा बाबुले आफ्नै छोरीको हत्या गरेका छन् । सात वर्षीया छोरीको हत्यापछि बुबा किशोर भण्डारीले पनि आत्महत्या गरेका हुन् । रामेछापको खाँडादेवी स्थायी घर भइ फार्मेसी सञ्चालन गर्दै आएका भण्डारीले छोरीको हत्यापछि आफूले पनि आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार छोरीको घाँटी रेटेर हत्यापछि आफूले पनि पासो लगाएर आत्महत्या गरेको फेला परेका हुन् । टंकप्रसाद मार्गस्थित डेरामै दुबै जना मृत फेला परेको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार